aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्के

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्के

काठमाडौं । कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । 

उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् । 

यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् । 

देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर र  दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ ।  देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलेशनमा  ५ हजार ५३१ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस