aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं । थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जनामा कोरोना भभाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ७१७७ पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस