
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट बाँकेकी वैजनाथ गाउँपालिकाका ६ की ४६ वर्षीया महिलाको मृत्यु भएसंगै मृतकको संख्या २० पुगेको पुष्टि गरेका हुन् ।
डा. गौतमका अनुसार उनी नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० मा मिर्गौलासम्बन्धी समस्याका कारण भर्ना भएकी थिइन् । असार १ गते कोभिड परीक्षणका लागि स्वाब संकलन गरिएको र परीक्षण नतिजा नआउँदै उनको असार १ गते साँझ मृत्यु भएको थियो ।
योसंगै हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक, चितवनका एक, अर्घाखाँचीका एक, विरगञ्जका एक तथा पर्साका एक र गुल्मीका एक जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस