काठमाडौं । नेपालमा कोरोना भइरसको संक्रमण जितेर घर फर्किनेको संख्या एक हजार १६७ पुगेको छ । पछिल्लो २४ घन्टामा जना ९ जना कोरोना मुक्त भएसंगै निको हुनेको संख्या १ हजार १६७ पुगेको हो ।
पछिल्लो २४ घन्टामा महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै, हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७९८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ५ हजार ९९० जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस