aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

उदयपुरमा एकै गाउँका ४ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
उदयपुरमा एकै गाउँका ४ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उदयपुरका ४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार नयाँ थपिएका संक्रमित त्रियुगा नगरपालिका ४ वगाहाका एकै गाउँका २८ वर्षीया महिला र ३६, ४६, ४८ वर्षीय पुरुष रहेका छन् । संक्रमित चारैजना भारतबाट आएका हुन् । उनीहरुलाई नगरपालिकाले वडा नं ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा राखेको थियो।  

योसँगै उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जसमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस