aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

थप ४२ जनामा कोरोना संक्रमण, मनाङमा पनि भेटिए संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
थप ४२ जनामा कोरोना संक्रमण, मनाङमा पनि भेटिए संक्रमित

काठमाडौं । थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका चार जिल्लाका ४२ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस