नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा जेठ १४ गतेदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार यसअन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ गतेसम्म खरिद गर्न सकिनेछ । छुट योजनाअन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरेपश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस