
काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमण पुष्टि भएका छन् । प्रदेशबाट जारी भएको साँझ ७ः३० मा जारी गरिएको विज्ञप्तिमा गण्डकी प्रदेशका ४ जिल्लामा कोरोना पुष्टि भएको हो । शनिबार मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मुस्ताङ जिल्लाको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नवलपराशी १८ जना,तनहुँ २ जना, बालुङका २९ जना रहेका छन् । शनिबार साँझ कोरोना भाइरस पुष्टि हुनेमा मुस्ताङसहित तनहुँ, बागलुङ र नवलपुरका छन् ।
प्रतिक्रिया दिनुहोस