
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २ सय ६६ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ४२८ जनाको मुत्यु भएको छ । विश्वभर ८९ लाख १३ हजार ५ सय ७२ जनाभन्दा बढी कोरोनाले संक्रमित भएका छन् ।
उपचारपछि निको हुनेको संख्या ४७ लाख ३३ हजार १८ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, एसियाली मुलुकहरुमा ४७ हजार २९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ७० हजार २८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३०७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ७ हजार ९४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४७० जना संक्रमणमुक्त भएका छन् ।
आइतबारसम्म एकै दिन १ लाख ५६ हजार ९२३ जना संक्रमित भएका छन् । भारतमा मात्रै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ४८ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस