aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सुदूरपश्चिम प्रदेशमा १६१ जना नयाँ संक्रमित पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
सुदूरपश्चिम प्रदेशमा १६१ जना नयाँ संक्रमित पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा १६१ जना थप कोरोना संक्रमण पुष्टि भएको छ ।  रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप संक्रमण पुष्टि भएका हुन । काठमाडौं प्रयोगशाला ९२ जना र सेती अस्पतालमा ६९ जना नयाँ संक्रमित पुष्टि भएका हुन ।  योसगै सुदूरपश्चिम प्रदेशमा  संक्रमितको संख्या ७९३ पुगेको छ । 

पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् ।

 त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । 

प्रतिक्रिया दिनुहोस