काठमाडौं । नेपालमा हालसम्म ८ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् । हालसम्म रसुवा र ओखलढुंगाबाहेक ७५ जिल्लामा संक्रमण फैलिसकेको छ ।
कुन प्रदेश कति छन् संक्रमित ?
८ हजार ६ सय ५ जना सक्रमितमध्ये प्रदेश १ मा ४३९, प्रदेश २ मा दुई हजार ९५७, वागमतीमा २२९, गण्डकीमा ५०४, प्रदेश ५ मा २ हजार २९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कर्णाली प्रदेशमा एक हजार २६९ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा संक्रमितको संख्या ८६९ पुगेको छ।
संक्रमितमध्ये प्रदेश २ मा तीन जनाको मृत्यु भएको छ भने वागमतीमा ४ जनाको मृत्यु भएको छ। गण्डकीमा एक जनामा संक्रमितको मृत्यु भएको छ। प्रदेश ५ मा ८ जनाको मृत्यु भएको छ। त्यस्तै कर्णालीमा ४ र सुदुरपश्चिम प्रदेशमा ३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस