aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भदौसम्म ४० हजार संक्रमित पुग्ने मन्त्रालयको अनुमान, एक हजार भेन्टिलेटरले ठिक पार्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
भदौसम्म ४० हजार संक्रमित पुग्ने मन्त्रालयको अनुमान, एक हजार भेन्टिलेटरले ठिक पार्ने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ महिनासम्म नेपालमा ४० हजार कोरोना संक्रमित पुग्ने अनुमान गरेको छ ।

मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनीले मध्यम अवस्थामा रहे संक्रमितको संख्या ४० हजार पुग्नसक्ने बताएका हुन् ।

'संक्रमणलाई लिएर दुईटा अवस्था छन् । एउटा खराब अवस्था र अर्को ठिक्क वा मध्यम अवस्था हो । हामी मध्यम अवस्थामा रह्यौं भने भदौ पहिलो सातासस्म ४० हजार संक्रमित पुग्नसक्छ भन्ने हो,' उनले भने ।

डा. लोहनी भन्छन्, 'त्यो स्थिति भयो भने हामीले एक हजार वटा भेन्टिलेटर र १ हजार ८ सय वटा आइसियूले व्यवस्थापन गर्नसक्छौं ।'

शनिबारसम्म कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ छ ।

जसमा २२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस