
एजेन्सी । सम्पूर्ण विश्व अहिले कोरोना भाइरस बिरूद्ध युद्ध लडिरहेको छ। विश्वका सयौं वैज्ञानिक र विज्ञहरूले खोप खोज्ने प्रयास गरिरहेका छन् । तर, हालसम्म कुनै सफल मिलेको छैन । यद्यपि यस घातक महामारीको बारेमा राम्रो खबरहरु भने आइरहेका छन । कोरोना भाइरसको नयाँ औषधि चाँडै बजारमा आउँने भारतको एक औषधि उत्पादक कम्पनीले बताइरहेको छ । उक्त औषधि ट्याब्लेटको लागि अब २ सयभन्दा कम मूल्यमा उपलब्ध हुने विस्वास गरिएको छ ।
भारतको औषधि उत्पादक कम्पनीले उयत्पानद गर्ने उक्त औषधि भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआई)ले निर्माण र मार्केटिंङ स्वीकृति प्राप्त गरेपछि बजारमा आउने छ । फर्म ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोना भाइरसबाट पीडित बिरामीहरूको उपचार गर्न फावीफ्लू नामक ब्राण्डको एन्टिभाइरल ड्रग फेभिपिरवीर नामबाट बजारमा आउने छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यो औषधिको मूल्य प्रति ट्याबलेट १०३ रुपैयाँ भारु रहेको छ । जुन व्यक्तिलाई डाक्टरको प्रिस्क्रिप्शनको आधारमा मात्र दिइनेछ । ३४ ट्याब्लेटको एक पात्तको मूल्य ३५०० रूपैयाँ भारु तय गरिएको छ । यो २०० मिलीग्रामको ट्याब्लेट हुनेछ ।
प्रिस्क्रिप्शनको आधारमा मात्र उपलब्ध हुने यो औषधि बिरामीलाई दिनको दुई पटक १८०० मिलीग्राम (पहिलो खुराक) दिन दिने सुझाव दिइएको छ । त्यसपछि ८०० मिलीग्राम दैनिक दुई पटक दिनमिल्ने डाक्टरहरुले सल्लाह दिएका छन् । यो बनाउने कम्पनीका अनुसार औषधि अस्पताल र मेडिकल स्टोरमा उपलब्ध हुनेछ ।
यससम्बन्धी, म्याक्स हेल्थकेयर सहयोगी निर्देशक (आन्तरिक चिकित्सा) डा. रोमेल टिकाउले भनेका अनुसार औषधि “सम्भावित गेम च्यान्जर“ साबित हुन सक्ने बताएका छन् । उनले भने, “हामीसँग धेरै डाटा छैन, तर हामीसँग भएको कुनै पनि डेटाले यो आशाजनक छ भनेर देखाउँदछ । हामीसँग अर्को दुई महिनामा लाग्ने औषधिको प्रभावको बारेमा स्पष्ट जानकारी हुनेछ । यो एक सम्भावित गेम परिवर्तक हो किनभने यो हो । ट्याब्लेटको रूपमा दिइन्छ र यो सजिलो र तुलनात्मक रूपमा सस्तो छ, ।’’
यस औषधिले चार दिन भित्रमा भाइरलको लक्षणहरूमा द्रुत रूपमा कमी ल्याउने परिक्षणका बेलामा आएको र शरीरमा रेडियोलोजिकल सुधार ल्याउँने बताइएको छ । औषधि निर्माताका अनुसार कोपोना भाइरस पीडितको अवस्थामा फेभिपिरवीरले ८८ प्रतिशत सुधार देखाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस