aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

लकडाउनको बेलामा पनि पढाएका छाैं शुल्क तिर्नु : निजी विद्यालय सञ्चालक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
लकडाउनको बेलामा पनि पढाएका छाैं शुल्क तिर्नु : निजी विद्यालय सञ्चालक

काठमाडाैं । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। आइतबार संयुक्त विज्ञप्ति निकालेर नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् ।

विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ । विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन उनीहरूले आग्रह गरेका हुन् ।

कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको प्याब्सन र नेशनल प्याब्सनको भनाइ छ ।

निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन् ।

‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ । विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस