aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

लक्ष्मी बैंकले भित्र्यायो दोहा बैंकको २० मिलियन अमेरिकी डलर बराबरको ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
लक्ष्मी बैंकले भित्र्यायो दोहा बैंकको २० मिलियन अमेरिकी डलर बराबरको ऋण

काठमाडौं ।  लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । 

२०७७ साल, बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस