
ओखलढुंगा । ओखलढुंगामा पनि पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । लिखु गाउँपालिकाका एक जनामा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार लिखु गाउँपालिकामा आएका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भारतको गोरखपुरबाट आएका ती पुरुषलाई सीधै क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस