काठमाडाैं । काेराेनाभाइरसका कारण विश्वमा भय र त्रास फैलिरहेका बेला उक्त भय र त्रासबाट मुक्त बनाइ कोरोनाको सन्क्रमणबाट सुरक्षीत गराउन सकिछ भन्ने बिषयमा भएको बृहत छलफल पछि देश ब्यापी रुपमा सचेतना कार्यक्रम सन्चालन गर्ने समझदारी अनुसार कार्यक्रमहरू सञ्चालन भएका छन् ।
पहिलो चरणमा काठमाडौ उपत्यकामा ३ वटा रुपन्देही जिल्लामा १ र सुनसरि जिल्लामा १ गरि ५ वटा ग्रील उध्योगलाइ सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उध्योगको रुपमा बिकसित गर्ने योजना रहेकाे छ ।
कोभिड १९ बाट सुरक्षीत कार्यस्थलको तयारी र सन्चालनको न्युनतम मापदण्डसहित आवस्यक प्रबिधी पेडल हेण्डवास, पेडल सेनिटाइजर स्टाण्ड हेलमेट पन्जा थर्मलगन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने विधि र आगामी दिनहरुमा उध्योगी कामदार र उपभोक्ताले अपनाउनु पर्ने अनुशासनको बारेमा ग्रील तथा स्टील ब्यवसायी नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी गराएको थियो ।
असार ५ गते ग्रील तथा स्टील ब्यवसायी महासघ नेपाल र स्विस सरकार एसडीसीद्वारा सञ्चालित इन्स्योर परियोजनासगको सहकार्यमा बिश्वब्यापी रुपमा फैलिको कोरोना भाइरस (कोभिड 19 ) संक्रमणको प्रकोपका कारण बन्द सम्पुर्ण ग्रील उध्योगहरु पुनः सञ्चालन गर्दा के कस्ता सुरक्षाका बिधिहरु अपनाएर श्रमिकहरुलाइ डर त्रास हटाइ सुक्षित अनुभव कसरी गराउने जस्ता कुराहरूमा अध्यक्ष कटुवालले थप्दै भने 'यो सानो प्रयासले देशभरिका ग्रील उध्योगिहरुलाइ आफ्नो उध्योग ब्यवस्थीत र सुरक्षीत बनाएर हाल कार्यरत श्रमिकहरुलाइ र बिदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवहरुलाइ नेपालको ग्रील तथा स्टील उध्योगमा काम गर्न सुरक्षीत हुने अनुभूत दिलाउन मद्धत पुग्ने छ ।'
यस विषम परिस्थितिमा सबैले ग्रील उध्योगी कर्माचारी र सर्वसाधारण जनताले भौतिक दुरि कायम लगायतका सुरक्षाका बिधिहरु अपनाएर बढदो कोरोनाको संक्रमणबाट बच्न र अरुलाइ बचाउन आग्रह गरेका थिए ।
उक्त सचेतना कार्यक्रम इन्स्यो्र परियोजनाका प्रतिनिधिले ग्रील उध्योग र श्रमिकको प्रबर्द्धन र जनसरोकारको बिसयमा ग्रील महासघ नेपालसग सदैब सहकार्य गर्दै अगाडि बढन परियोजा तयार रहेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस