सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारमा संलग्न भएका ४२ जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थिायो । जसमध्ये ५ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
संक्रमित सबैलाई अहिले अस्पतालकै आइससोलेशनमा राखेर उपचार गरिँदै छ । गत जेठ ३१ र ३२ गते दैलेखका २ र सुर्खेतका एकजना आकस्मिक कक्षमा भर्ना भएका बिरामीमा असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूकाे पनि उपचार भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस