
काठमाडौं । नेपालमा गत ७४ जना महिला र ४६१ पुरुष गरि ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएसँगै नेपालमा ९ हजार ५६१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
विगत ६ हजार १९८ जनाको पीसीआर परिक्षण गरेको जनाएको छ । हालसम्म कुल १ लाख ८१ हजार ३७१ जनाको पीसीआर परिक्षण भएको छ । हालसम्म ९० हजार ७३० जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म २ हजार १ सय ४२ डिस्चार्ज भएको डा. देवकोटाले बताए ।
थपिएका संक्रमितहरु मोरङ ८, झापाका ३, मोरङ ४, सप्तरी, धनुषा, महोत्तरी, अछाम, अर्घाखाँची, बैतडी, डोटी, गुल्मी, जाजरकोट, कैलाली, नवलपरासी, सर्लाही, सिन्धुपाल्चोकमा २ महिला, स्वाङजाका १० पुरुष, रौतहट, रुपन्देही, नवलपरासी पूर्व, ओखलढुँगा, स्याङजाका १ पुरुष लगाएत गरि गत २४ घण्टामा संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमित रसुवाबाहेक देशका सबै जिल्लामा संक्रमित फैलिएकाे पुष्टि भएकाे डा. देवकाेटाले बताए ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,८१,२७१ पुगेको छ ।
अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड–१९ पुगिसकेको पुष्टि भएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी भनाइ छ । अहिले देशभरि ९०,७३० जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन् ।
यसैगरि, पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।
यससँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ । पाल्पामा तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् ।
यसअघि पालपाका रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिकाका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस