aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

डिभीको बाँकी प्रक्रिया अमेरिकाद्वारा रद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
डिभीको बाँकी प्रक्रिया अमेरिकाद्वारा  रद्ध

एजेन्सी । अमेरिकाले डिसेम्बरसम्म कामदार भिसा र ग्रीनकार्डमा रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदार भिसामा रोक लगाएका हुन ।

उनले मंगलबार कार्यकारी आदेश जारी गर्दै डिसेम्बरसम्म विदेशी कामदार भिसामा रोक लगाएका हुन् । कोरोना भाइरस संक्रमण फैलिएसँगै अमेरिकामा बेरोजगारीको दर बढेकाले अमेरिकी नागरिको रोजगारको स‌ंरक्षणका लागि भन्दै उनले नयाँ आदेश जारी गरेका हुन् ।

आदेशपछि एचवान बी, एचफोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा प्रतिबन्ध लागेको छ ।

आदेशले प्रविधि र वन पैदावार उद्योगमा जाने कामदार रोकिएका छन्। यो आदेशले करिब २ लाख १९ हजार प्रभावित हुने सीएनएनले जनाएको छ ।

कृषि र स्वास्थ्य कामदारमा भने यो आदेशले असर पार्दैन। अमेरिकाभित्र रहेकाहरु र उनका परिवारलाई यो आदेशले प्रभाव नपार्ने सीएनएनले जनाएको छ। तर स्थायी बसोबासको अनुमति पाएकाहरुले आफ्ना परिवारका सदस्यहरुलाई अमेरिका लैजान रोक लागेको छ ।

आदेशसँगै सन् २०२० को डाइभर्सिटी भिसा डिभी को बाँकी प्रकृया रद्ध भएको छ । डिभीको नियम अनुसार डिसेम्बर अन्तिमसम्म भिसा लागेको अवस्थामा मात्र अमेरिका जान सकिन्छ ।

डिसेम्बरसम्मै रोक लागेपछि प्रकृयामा रहेका सबै रद्ध हुने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै अप्रिलबाट डिभीको प्रक्रिया अवरुद्ध भएको थियो ।

सन् २०२० मा करिब ३ हजार ६ सय नेपाली डिभी प्रक्रियाबाट अमेरिका जानसक्ने थिए। आदेशले भिसा लागिसकेकाहरुलाई अमेरिका जान रोकेको छैन ।

द डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीलेसमेत निर्देशन जारी गरेर अवैध रुपमा अमेरिका प्रवेश गरेर शरणार्थी बन्न चाहनेहरुको प्रक्रियालाई जटिल बनाएको छ । नयाँ निर्देशिकापछि शरणार्थीको आवेदन नटु‌ंगिएसम्म उनीहरुले काम गर्ने अनुमति पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस