aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गण्डकी प्रदेशका चारवटा जिल्लामा  थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
गण्डकी प्रदेशका चारवटा जिल्लामा  थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशका चारवटा जिल्लामा  थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार बिहान म्याग्दी,बागलुङ,स्याङ्जा र नवलपरासी (बर्दघाट)मा थप ११ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्त तथा निर्देशक डा विनोद विन्दु शर्माले कोरोना संक्रमण पुष्टि बताए  । 

प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा म्याग्दीका ६, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २र२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस