aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्का ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
अर्का ५५ वर्षिय पुरुषको  कोरोना संक्रमणबाट मृत्यु

कास्की । स्याङ्जाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती ११ः५५मा मृत्यु भएको हो । गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरेका छन । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । 

नेपालमा हालसम्म १०,७२८ संक्रमित भएका छन । २५ जनाको मृत्यु भएको छ भने उपचारपछि निको भएका २,३३८ जना पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस