aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोना संक्रमणबाट ठिक भएका पुरुषमा देखियो यस्तो खतरा समस्या, प्रजनन् क्षमता नै गुम्यो !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
कोरोना संक्रमणबाट ठिक भएका पुरुषमा देखियो यस्तो खतरा समस्या, प्रजनन् क्षमता नै गुम्यो !

काठमाडौं । कोभिड-१९ को सङ्क्रमणमा युवाहरू धेरै परिरहेको अवस्थामा एउटा चिन्ताजनक रिपोर्ट सार्वजनिक भएको छ । कोरोनाले मानिसको प्रजनन र मूत्र प्रणालीमा समेत गम्भीर असर पार्ने देखिएपछि सन्तान जन्माउने उमेरका पुरुषहरूमा थप चिन्ता थपिएको हो । युरोलोजी सम्बन्धी अध्ययन गर्नेहरूले पुरुषको प्रजनन क्षमतामा समेत यसले नकारात्मक प्रभाव पार्ने अध्ययनमा देखिएको बताएका हुन् ।

मानिसमा नपुंसकता समेत सिर्जना गर्ने काम कोरोनाले गर्दो रहेछ भन्ने कुरा अध्ययनले देखाएको एक अनुसन्धानात्मक लेखमा उल्लेख गरिएको छ । कोरोनाको उद्गमस्थल चीनको वुहानमा गरिएको अनुसन्धानमा यस्तो देखिएको हो ।

कोरोनाका गम्भीर बिरामीमा निमोनिया सम्बन्धी लक्षणहरूको साथ तीव्र मूत्रपिंडा सहित मूत्र जटिलताहरू समेत देखा पर्छन् । यसको पिडा कम गर्न निरन्तर रेनल रिप्लेसमेन्ट थेरापी चाहिन्छ। 

यसबाहेक पुरुष प्रजनन प्रणाली समेत सङ्क्रमणको जोखिममा परेको देखिएको छ । रिपोर्टमा उल्लेख भए अनुसार कोभिड-१९ का बिरामीहरूको यौन हार्मोनमा नाटकीय परिवर्तनहरू अवलोकन गरिएको छ । यसले पुरुषहरूको अण्डाशयमा नै सिधै प्रभाव पारेकोले अण्डमा उत्पन्न हुने यौन र प्रजनन हर्मोनमा समस्या उत्पन्न गराउने गरेको देखिएको छ ।  यसैले  कोभिड-१९ को सङ्क्रमणमा आएकाहरूको मूत्र र लिङ्ग प्रणाली बिगार्छ । यी समस्याहरूबाट बचनको लागी कोरोनाको सङ्क्रमणमा आएका बिरामीहरूले युरोलोजिष्टको सल्लाह अनुसार आफ्नो मूत्र र प्रजनन प्रणालीको उपचार र पुनर्वास योजना गर्नु आवश्यक हुन्छ।

मिर्गौलामा कोरोनाको असर 

कोभिड-१९ का बिरामीहरूलाई समावेश गरेर गरिएको अर्को एक अध्ययनले मिर्गौलामा यस सङ्क्रमणको प्रभाव बारे महत्त्वपूर्ण जानकारी दिएको छ । सङ्क्रमणको पहिलो दिनमा ६० प्रतिशत बिरामीमा प्रोटीनुरिया अवलोकन गरिएको थियो । सो समयमा उच्च स्तरको सीरम क्रिएटिनिन (एससीआर) र रगतमा युरिया नाइट्रोजन क्रमशः २२ र ३१ प्रतिशत बिरामीहरूमा उपचारको क्रममा देखिएको थियो। । यसमा २८ प्रतिशत बिरामीहरूको अवस्था बिस्तारै बिग्रिँदै गयो र उनीहरूमा मिर्गौलाको गम्भीर सङ्क्रमण (एकेआई) देखा पर्‍यो । यी बिरामीहरूको मृत्यु दर यस्तो गम्भीर अवस्था आउनु भन्दा ५.३ गुणा बढी थियो। सन् २००३ मा सार्सबाट सङ्क्रमित ५३६ बिरामीहरूमा गरिएको अध्ययनमा जम्मा ३६ जनामा मात्र एकेआई देखा पर्‍यो जसमध्ये ३३ जना अर्थात् ९१.७ प्रतिशतको २० दिनमा मृत्यु भएको थियो । 

यसले यो सङ्केत गर्दछ कि कोभिड-१९ भएका बिरामीहरूमा एकेआई को विकास हुने सम्भावना व्यापक छ । त्यसैले मिर्गौलाका बिरामीको लागि कोरोना निकै घातक बनेको देखिन्छ ।  चीनमा भएको यो अध्ययनमा ली र उनका सहकर्मी के दाबी गरेका छन् भने कोरोना सङ्क्रमित बिरामीको मिर्गौला बिग्रने जोखिम पनि धेरै नै छ । 

अर्को अध्ययनमा कोभिड-१९ भएका ६ जना बिरामीको हिस्टोपाथोलजिक परीक्षण गर्दा उनीहरूको मिर्गौला मृत्यु हुनु अघि नै बिग्रिएको देखियो । मृत्यु भएकाहरूको यस्तो परीक्षणको लागि उनीहरू जीवितै रहँदा स्याम्पल लिइएको थियो । यसले पनि के प्रमाणित गर्छ भने कोरोना सङ्क्रमितको मिर्गौला अत्यधिक जोखिममा हुन्छ ।

पुरुषको अण्डकोषमा प्रभाव

एचआइभी, हेपाटाइटिस बी र सी, गालगुंड, एपस्टीन बार र प्यापिलोमा जस्ता भाइरसको कारणले हुने रोगले पुरुषमा बाँझोपन र टेस्टिक्युलर ट्युमर पनि निम्त्याउँछ। कोरोनाबाट मृत्यु भएका ६ जना बिरामीहरूबाट प्राप्त टेस्टिस अटोप्सी नमुनाहरूमा गरिएको एउटा अध्ययनले देखायो कि यो भाइरसले ओर्काइटिसलाई जगाउन सक्छ। प्याथोलोजिकल परिणामहरूले स्पर्मेटोजेनिक सेल एपोप्टोसिस, कोषको विनाश, सेमिनिफेरस एपिथेलियममा थोरै वा केही मात्र शुक्राणु, बाक्लो झिल्ली र ल्युकोसाइटको घुसपैठ सबै ६ वटा नमुनाहरूमा देखियो । यसले के प्रमाणित गर्‍यो भने कोभिड-१९ ले पुरुषको अण्डकोषलाई नराम्ररी असर गर्दो रहेछ । 

भर्खरको अध्ययनले पनि के देखेको छ भने कोभिड-१९ को कारण पुरुष बिरामीको अण्डकोषमा क्षति पुग्दो रहेछ। यस अध्ययनमा ८१ जना सङ्क्रमित र १०० जना उही उमेर समूहका सङ्क्रमणमा नपरेका व्यक्तिको उस्तै नमुनाको परीक्षण गरिएको थियो । यसमा लुटेइनिजिंग हर्मोनको सीरम टी देखि एलएच अनुपात ०.७४  कोरोना सङ्क्रमितमा देखिएको थियो भने स्वस्थ पुरुषहरूमा १.३१ थियो । यसरी पुरुषको अन्डशय खराब गरेर प्रजनन स्वास्थ्य कोरोनाले प्रभावित पार्ने गरेको देखियो ।

अध्ययनको निष्कर्ष यो छ कि कोभिड-१९ बाट सङ्क्रमित भएका र पछि निको भएका सन्तान जन्माउन चाहने युवा पुरुषहरूले आफ्नो उर्वरताको बारेमा परामर्श लिनु आवश्यक छ ।
अध्ययन रिपोर्टको लागी यहाँ क्लिक गर्नुस् 

प्रतिक्रिया दिनुहोस