aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पछिल्लो २४ घन्टामा ३१२ जना कोरोनामुक्त भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
पछिल्लो २४ घन्टामा ३१२ जना कोरोनामुक्त भए

काठमाडौं । नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ३१२ डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१२ जना कोरोनामुक्त भएको जनाएका हुन् । 

साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी बर्दियाबाट २, आइसोलेसन सेन्टर बनकटुवा बाँकेबाट ३, आइसोलेसन सेन्टर राप्ती सोनारी बाँकेबाट ११, आइसोलेसन सेन्टर पिपरी कोहलपुरुबाट ६, लायन्स डेन्टल आइसोसन सेन्टरबाट ६, प्रादेशिक अस्पताल सुर्खेत र दैलेखबाट १, सुर्खेतबाट ३२, प्रादेशिक अस्पताल जनकपुरबाट ४, सपही आइसोलेसन सेन्टरबाट ४५ र सिरहाबाट १ जना डिस्चार्ज भएका छन् । 

डिस्चार्ज हुनेमा महिला १९ र पुरुष २९३ रहेका छन् । यो सँगै निको हुनेको संख्या २ हजार ४३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस