aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

पर्वत । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहान जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी पूर्वका २१ जना, तनहुँका २ जना, स्याङ्जा एक जना र बाग्लुङका एक जना नयाँ संक्रमित थपिएका हुन् । 

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्ष उमेरका सातजना पुरुष तथा कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५ र १८ वर्षका १२ जना पुरुष तथा ३७ र २५ वर्ष उमेरका दुईजना महिलामा पनि कोरोना संक्रमण देखिएको हो। 

सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस