aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं । थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

याँ संक्रमित हुनेहरुमा झापाका ४, सुनसरीका १०, मोरङका २, धनुषाका १५, महोत्तरीका ४, सिरहाका ६, अछामका १, बैतडकीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीको ४६, गोरखाका ५, कैलालीको ३१, कञ्चनपुरका ४२, कपिलवस्तुका २१, रौतहटका ५६, सल्यानका ४, गोरखाका १, नवलपरासी पूर्वका २३, नुवाकोटका १, काठमाडौंका ३, चितवनका १२, गुल्मीका २५, सिन्धुलीका ६, कास्कीका २, लमजुङका ६, तनहुँका २, बाग्लुङका १, स्याङ्जाका १, अर्घाखाँचीका ३, पाल्पाका ७६, नवलपरासीका १, रुपन्देहीका ६, दाङका ७५, प्युठानका २०, दैलेखका ५, जाजरकोटका २, मुगुका १, सुर्खेतका १२ र जुम्लाका ३ जना रहेका छन् ।    

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमा २ हजार ६ सय ९८ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस