aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलियाे

काठमाडौं । गत २४ घण्टामा १०७ महिला र ४८६ जना पुरुष गरि ५९३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थप भएको पुष्टि भएको छ । थपिएसँगै हाल नेपालमा ११ हजार ७५५ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालभर रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । 

धनुषा, महोत्तरी, मोरङ, झपा, सुन्सरी, अछाम, दाङ, प्युठान, जाजरकोट, सल्यान, सुर्खेत, जुम्ला, बैतडी, बझङ, बाजुरा, दार्चुला, डोटी, गोरखा, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान बारा, गोरखा, नवलपरासी पूर्व, काठमाडौं, कैलाली, लगाएतका जिल्लाहरुमा आज संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण देखिएको  छ ।

संक्रमितहरुमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाडौँ र सुर्खेतका एक–एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस