
काठमाडौं । सेलकमको सेलपे सेवाले नेपालको अग्रणी इ–कमर्श प्लेट्फार्म खल्ति फुडसँग सहकार्य गरेको छ । यो अफर असार ११ गतेदेखि शुरु भएको कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले खल्ति एप्प वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार रुपैयाँभन्दा माथि रकमको सामानको खरिदमा १ किलो टमाटर सितैमा पाउने कम्पनीले बताएको छ ।
सेलपे खल्ति अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खल्ति एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेहुन्छ । र पे भाव सेलपेमा ट्याप गरि आफ्नो सेलपे युजर र पसवर्ड राखी बैंक छनौट गरेर भुक्तानी गर्नपर्नेहुन्छ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ । बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार समेत गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस