aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट बढी प्रभावित विश्वका १० मुलुकहरूको संख्या, भारत चौथो नम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
कोरोनाबाट बढी प्रभावित विश्वका १० मुलुकहरूको संख्या, भारत चौथो नम्बरमा

एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक करोड नजिक पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । 

विश्वभरी एक करोड २३ लाख ८ हजार १६ जना संक्रमित भइसकेका छन् । ५ लाख ४० हजार ७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५५ लाख ४७ हजार ८ सय २४ जना संक्रमणबाट निको भइसकेका छन् ।

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । 
बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्न अनुसार रहेको छ ।

अमेरिका – २६,३७,०२३
ब्राजिल – १३,४५,२५४
रूस– ६,३४,४३७
भारत– ५४९,१९७
बेलायत– ३,११,१५१
पेरू– २,७९,४१९
चिली– २,७१,९८२
स्पेन– २,४८,४६९
इटाली– २,९५,८५०
इरान– २२२,६६९

प्रतिक्रिया दिनुहोस