काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार दैलेखमा ३ जना, रुकुमपश्चिमका ८ जना, बाँकेका एक जना, डोल्पाका २ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको छ ।
साथै प्रदेशमा आज विभिन्न आइसोलेसन वार्डबाट ७१ जना डिस्चार्ज भएसँगै प्रदेशमा अहिलेसम्म एक हजार ७२ जना डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कर्णाली प्रदेशमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।
योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको स्नाख्य १४ सय ४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस