aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपत्यकामा एकै दिन थपिए १४ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
उपत्यकामा एकै दिन थपिए १४ कोरोना संक्रमित

काठमाडौं । उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका चार महिला र ५ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ३ हजार १ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस