
भक्तपुर । भक्तपुरमा आज पनि एक जना महिलामा कोराना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा कार्यरत एक महिलामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
उनी स्थायी घर काभ्रे भई चाँगुनारायण नगरपालिका वडा न.२ दुवाकोट डेरा गरी बस्ने ३५ बर्षीय डे केयर युनिटमा काम गर्ने महिला रहेको जनाएकाे छ ।
भक्तपुर क्यान्सर अस्पतालमा गत शुक्रवार उपचारका लागि आएकी १२ वर्षीय बालिकामा कोरोना भाइरस संक्रमण पाइएपछि अस्पतालका ३० जना कर्मचारीलाई क्वारेन्टइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस