aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ४२ जनामा काेरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
थप ४२ जनामा काेरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर थप २८ जनामा कोरानो संक्रमित भेटिएको जनाएको हो। आज नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयले जनाएको छ योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ। 

त्यस्तै, चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस