aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

काठमाडौं । थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

नयाँ संक्रमित हुनेहरुमा झापाका २८, सिरहाका २, सुनसरीका १, इलामका २, मोरङका ४, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका १२६, बझाङका १८, बाजुराका ४३, गोरखाका ३, कैलालीका २७, कञ्चनपुरका १०, पर्वतका १, काठमाडौंका १०, चितवनका १२, नवलपरासी पूर्वका ११, बाराका १, भक्तपुरका २, ललितपुरका ५, डोटीका १८, बाग्लुङका ३, स्याङ्जाका ८, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२, दाङका २, जुम्लाका १ र बैतडीका १ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस