aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काेराेनाबाट थप १ जनाकाे मृत्यु, मृतककाे संख्या ३० पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
काेराेनाबाट थप १ जनाकाे मृत्यु, मृतककाे संख्या ३० पुग्याे

काठमाडाैं । अछाम जिल्लाका एक पुरुषको एक जनाको बयलपाटा अस्पतालमा मृत्यु भएको जनाएको छ । याे सँगै मृत्यु हुनेको संख्या ३० पुगेकाे छ ।
साथै । नेपालमा गत २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना पुष्टि भएको छ ।

जना ११७ महिला र ३६५ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएको हो । यो सँगै नेपालमा १ हजार ७७४ जना महिला १२ हजार २७२ जना पुरुषको संख्या पुगेको छ । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या कुल १४ हजार ४६ पुगेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किएका छन् ।  १००० जनाको महिला वा पुरुष भन्ने विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा कोसी, झापा, धनुषा, महोत्तरी, पर्सा, अछाम, बझाङ, बाजुरा, बाँके, बर्दिया, दैलेख, कालिकोट, सुर्खेत, दाङ, बाजुरा, जुम्ला, अछाम, बैतडी, गोरखाका २ पुरुष, पर्वत १ पुरुष,, काठमाडौं, नवलपरासी, हेटौंडा, झपुरका, डोटी, कञ्चनपुर लगाएतका जिल्लाहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

पछिल्लो समय झापामा २०, मोरङमा २, इलाममा २, सुनसरी र ताप्लेजुङमा १र१ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरका ६ महिलासहित ७ जना, बुद्धशान्तिका २ महिलासहित पाँचजना, गौरदहमा ३ महिलासहित सात जना र गौरिगञ्जमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस