aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपत्यकामा थपिए १७ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
उपत्यकामा थपिए १७ कोरोना संक्रमित

काठमाडौं । उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ पुरुष र २ महिला, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुष, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक महिला, काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस