aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा ८० करोड जनालाई निःशुल्क खाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
भारतमा ८० करोड जनालाई निःशुल्क खाना

नयाँ दिल्ली ।  भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड नागरिकलाई निःशुल्क खाना दिने आयोजनाको घोषणा गरिएको बताइएको छ । सो कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज घोषणा गरेको बताइएको छ । सो कार्यक्रमको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ । 

त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो । त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो । कोरोना भाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो कार्यक्रम घोषणा गरिएको हो । 

प्रधानमन्त्रीले आज यहाँको टेलिभिजनबाट सम्बोधन गरेर आगामी पाँच महिनाका लागि सो कार्यक्रम थप गर्ने बताएका हुन । यस कार्यक्रमार्फत भारतका गरिब जनता र कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पु¥याइने भारत सरकारले जनाएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस