aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतमा संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिएका संक्रमित बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा कोरोान संक्रमण देखिएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा. शर्माले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस