
काठमाडौं । थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ संक्रमित हुनेहरुमा सुनसरीका ४, मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, भक्तपुरका २, काठमाडौंका २८, चितवनका २, बर्दियाका १, दाङका ४, धादिङका १, दोलखाका २, गोरखाका १, काभ्रेका १, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १, रसुवाका १, बाग्लुङका १, पर्वतका २, तनहुँका २, स्याङ्जाका २m कास्कीका १, लमजुङका १६, दैलेखका २ र कालिकोट १ रहेका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ । जसमध्ये १२ हजार ६ सय ३६ जना पुरुष र एक हजारआठ सय ८३ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ६६४ डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस