aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ३२ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ३२ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ पुरुष, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा भक्तपुरका २ पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस