aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज थपिए २३२ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० असार २०७७
कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज थपिए २३२ जना

काठमाडौं । थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार आज थपिएका नयाँ संक्रमित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका १ जना र सिरहाका ६ जना रहेका छन् भने कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा इलामका १ जना, झापाका १ जना र मोरङका ५ जना रहेका छन् । 

त्यस्तै, प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना रहेका छन् भने गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३६ जना र सिरहाका १५ जना रहेका छन् ।  

त्यसैगरि, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १५ जना रहेका छन् भने भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जना र नवलपरासीपूर्वका ७ जना रहेका छन् । 

यस्तै, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङ र म्याग्दी ३/३ जना, स्याङजाका र तनहुँका १/१ जना रहेका छन् भने प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ३ जना र प्यूठानका २ जना रहेका छन् । 

त्यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ५ जना, रोल्पाका २ जना रहेका छन् भने दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा १ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । जसमा ६ हजार ४१५ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस