
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय एक पुरुष रहेका छन् । उनी मंगलबार मात्र कतारबाट नेपाल फपिर्कएका थिए । मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहेका थिए। त्यस्तै, रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ। उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको असार १७ गते मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस