
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंका एक जना, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना, भक्तपुरका एक जना, ललितपुरका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, आइतबार थप २९२ जनामा कोरोना संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो। १३२ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ।मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस