aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ढलको पानीबाट कोरोना भाइरस फैलिँदैनः प्रवक्ता गौतम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
ढलको पानीबाट कोरोना भाइरस फैलिँदैनः प्रवक्ता गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण फैलिएको पुष्टि नभएको जनाएको छ ।

आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको जनाएका छन् । 

उनकाअनुसार फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा कोरोना भइरस केही दिनसम्म जीवित रहन सक्ने भएकाले त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस