
भारत । कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ। एकै दिन झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको हो । एक दिन अघिसम्म भारत चौथो स्थानमा थियो।
विश्वभर २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये खराब मुलुकको पहिलो स्थानमा अमेरिका, दोश्रो स्थानमा ब्राजिल र तेश्रो स्थानमा भारत रहेको छ ।
धेरै कोरोना संक्रमित मध्ये अमेरिकामा संक्रमितको संख्या २९ लाख ८१ हजार बढि रहेको छ भने ब्राजिलमा १६ लाख बढि रहेका छन् । त्यस्तै, भारतमा कोरोना संक्रमितको संख्या झण्डै ७ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या १९ हजार ७ सय पुगेको छ ।
प्रतिक्रिया दिनुहोस