
एजेन्सी । विश्वभरका २३९ जना वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेर कोरोना भाइरसको बारेमा चेतावनी दिएका छन् । ३२ देशका यी वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस हावामा समेत फैलने जनाएका छन । वैज्ञानिकहरूको अनुसन्धानबाट बाहिर ल्याएको तथ्यालाई उनीहरुको जर्नलनमा प्रकाशन गर्न चाहन्थे तर त्योभन्दा पहिला नै मिडियाबाट बाहिर आएको थियो । वैज्ञानिकहरूले डब्ल्यूएचओको गाइडलाइन्स परिवर्तन गर्न माग गरेका छन् ।
न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार डब्ल्यूएचओलाई लेखेको उक्त पत्रमा वैज्ञानिकहरूले भनेका छन् हावामा रहेका कोरोना भाइसरका सानो कणहरूले पनि मानिसहरूलाई संक्रमित भइरहेका छन् । उक्त पत्रमा वैज्ञानिकहरूले कोरोना भाइरस लामो समयसम्म हावामा रहन सक्छ र धेरै मिटरको यात्रा गर्न सक्दछन् र नजिकैका मानिसहरूलाई संक्रमित गर्न सक्दछन् ।
वैज्ञानिकहरुमा सत्य हो भने यो संक्रमण बन्द कोठा वा त्यस्तै अन्य स्थानहरुमा धेरै छिटो फैलिनेछ । यस्तो अवस्थामा, व्यक्तिहरूले स्कुल, बजार र त्यस्तै अन्य स्थानहरूमा काम गर्न अतिरिक्त सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । बसमा यात्रा गर्नु खतरनाक पनि हुन सक्छ ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक लिडिया मोराभास्क चिठी लेख्ने वैज्ञानिकहरूको टोलीका सदस्य हुन, उनका अनुसार हावामा कोरोना फैलनेमा उनी १०० प्रतिशत विस्वस्त छिन ।
डब्ल्यूएचओले वैज्ञानिकहरूको नयाँ दाबीलाई ध्यानमा राखी यसको दिशानिर्देशहरू परिवर्तन गर्न उनीहरुको सुझाव छ । भेन्टिलेसन नभएको ठाउँमा मानिसहरू टाढा बसेर अनिवार्य रूपमा मास्क लगाउछन् तर, त्यतिले मात्र नपुग्ने उनीहरुको तर्क रहेको छ । डब्ल्यूएचओले हालसम्म भन्दै आएको भाइरस मुख्यतया संक्रमित व्यक्तिको खोकी वा हाँछ्यूको समयमा ठूला थुकको थोपाबाट फैलन्छ भन्ने गाइडलाइन्स बदन्न पर्ने उनीहरुको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस