aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप १८० जनामा कोरोना संक्रमण, १५ हजार ९६४ पुगे संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
थप १८० जनामा कोरोना संक्रमण, १५ हजार ९६४ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ। हालसम्म ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस