
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार आज थपिएका नयाँ संक्रमित काठमाडौं २४, भक्तपुर १० र ललितपुरमा २० जना रहेका छन् । नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ।
यस्तै सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो छ।मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको संख्या ६ हजार ८११ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस