aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङका २९ वर्षका पुरुषको निधन भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भारतबाट फर्किएका बागलुङका युवाको मृत्यु भएको जनाए । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनको आइतवार निधन भएको थियो।

भारतबाट क्षयरोगको उपचार गरी फर्किएका पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए। यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस