
काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकलाई आत्महत्याको प्रयास गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए। उनको सोमबार राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो । मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस